गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा : महेश बस्नेत
उनले आफूहरुको लक्ष्य झडप गर्ने र सरकारको निषेधाज्ञा तोड्ने नभएको प्रष्ट पारे। गणतन्त्रमाथि प्रश्न उठेपछि त्यसको प्रतिवाद गर्न आफूहरू सडकमा आएको उनले बताए।-1700733857.png)
काठमाडौं, मंसिर ७ : एमाले नेता महेश बस्नेतले गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा उत्रिएको दाबी गरेका छन्।राजधानीको तीनकुनेमा बिहीबार एमाले भ्रातृ संगठन युवा संघले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
राजधानीमा एमाले भ्रातृ संगठन र दुर्गा प्रसाईं समूहले प्रदर्शनका लागि एकै दिन रोजेपछि स्थानीय प्रशासनको सक्रियतामा छुट्टाछुट्टै ठाउँ तोकिएको छ। बल्खुमा प्रसाईं समूहले प्रदर्शन गरिरहेको छ। बस्नेतले तीनकुनेको भेलामा सुरक्षाकर्मीले युवा संघलाई सुरक्षा दिन नसके बल्खुमा पुग्ने चेतावनी दिए।
बल्खुमा सुरक्षाकर्मीले युवा संघको कार्यकर्तालाई सुरक्षा दिन नसके आफूहरु जाने चेतावनी दिएका हुन्। युवा संघको शक्ति प्रदर्शनमा बोल्द उनले बल्खुमा युवा संघको जुलुसलाई रोक्न खोजेको भन्दै प्रहरीले सुरक्षा दिन नसके त्यहाँ पुग्नु परेमा कमिला किचेजस्तो हुने भन्दै चेतावनी दिएका हुन्।
उनले भने,‘बल्खुमा हाम्रो आइरहेको जुलुसलाई रोक्न खोज्यो भन्ने मैले सुने। म प्रहरीलाई अनुरोध गदैछु। बल्खुबाट आइरहेको करिब ५०० जतिको जुलुस छ र रोक्न खोजेको हो भने प्रहरीले त्यो कुरालाई ध्यान देओस् होइन भने यो सिंगो पंक्ति त्यहाँ जानुप¥यो भने कमिला किचेजस्तो हुनेछ।’
उनले आफूहरुको लक्ष्य झडप गर्ने र सरकारको निषेधाज्ञा तोड्ने नभएको प्रष्ट पारे। गणतन्त्रमाथि प्रश्न उठेपछि त्यसको प्रतिवाद गर्न आफूहरू सडकमा आएको उनले बताए।











