बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीकाे फाेहरा [तस्बिरहरू]
![बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीकाे फाेहरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/IMG_6255-1700731317.jpg)
काठमाडौं, मंसिर ७ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल्खुमा अश्रुग्यास प्रहार गरेको छ।
जुलुस सुरक्षा घेरा तोडेर जबर्जस्ती कालीमाटीतर्फ प्रस्थान गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेपछि एकछिन भागाभाग चलेको थियो। साथै प्रहरीले भिड नियन्त्रणमा लिन पानीका फोहरा प्रहार गरेको छ। प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थियो । झडपका क्रममा केहि प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । दुर्गा प्रसाईं समूह भने आफुहरुको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन्।
प्रहरीले बल प्रयोग गरेसँगै प्रदर्शनकारीहरू तितरबितर भएका छन्। त्यसपछि प्रदर्शनकारीहरू किनारा लागेका थिए। अहिले भने बल्खु क्षेत्र शान्त बनेको छ।








प्रकाशित मिति: १४:४६ बजे, बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











