Kathmandu Press

धनकुटामा एकै परिवारका ३ जना मृत भेटिए

टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत भेटिएको प्रहरीले जनाएको छ।
धनकुटामा एकै परिवारका ३ जना मृत भेटिए

धनकुटा, मंसिर ७ : धनकुटामा एकै परिवारका तीन जना मृत भेटिएका छन्।

धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, श्रीमती भिमा र ११ वर्षीय छोरा आयुष घरभित्रै मृत भेटिएका हुन्। हुन् ।

टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ६ वर्षीया छोरी सकुशल छिन्। प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए।

प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । मृत्युको कारण नखुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:५० बजे, बिहीबार, मंसिर ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्