Kathmandu Press

‘भ्रष्टाचार र दण्डहीनताले जनतामा निराशा बढ्यो’

उच्च नैतिकता र आत्मविश्वासका साथ कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले नेता कार्यकर्तालाई निराश नहुन आग्रहसमेत गरे।
‘भ्रष्टाचार र दण्डहीनताले जनतामा निराशा बढ्यो’

मोरङ, मंसिर ६ : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले भ्रष्टाचार र दण्डहीनता बढेकै कारण नेपाली जनतामा निराशा बढ्दै गएको बताएका छन्।

मोरङको विराटचोकमा आयोजित नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले गणतन्त्र के लागि भनेर प्रश्न उब्जिएको उल्लेख गरे।

‘देशमा राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक अराजकता बढ्दै गएको छ,’ उनले भने, ‘दण्डहीनता र भ्रष्टाचार पनि मौलाएको छ । केका लागि र कसका लागि गणतन्त्र भनेर प्रश्न उब्जिएको छ।’

उच्च नैतिकता र आत्मविश्वासका साथ कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले नेता कार्यकर्तालाई निराश नहुन आग्रहसमेत गरे।

कोइरालाले युवाहरूको विदेश पलायनका कारण नेपाल बुढौलीहरूको देश बन्ने अवस्था देखिएको बता । पछिल्लो समय अध्ययनका लागिसमेत विदेश जाने युवाहरू बढ्दै गएको उनको भनाइ थियो।

गत आर्थिक वर्ष अध्ययनकै लागि १ खर्ब ४२ अर्ब रुपैयाँ बाहिरिएको तथ्यांक प्रस्तुत गर्दै नेता कोइरालाले युवाहरूको विदेशमोह बढ्दै जानु चिन्ताको विषय भएको बताए।

प्रकाशित मिति: २०:३४ बजे, बुधबार, मंसिर ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्