Kathmandu Press

माओवादीसँग एकता गर्न नेसपाले बनायो बाबुरामको नेतृत्वमा समिति

अब माओवादीले पनि अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टी एकता समायोजन समिति बनाउने र दुई समितिबीच वैचारिक तथा नीतिगत विषयमा छलफल हुनेछ। त्यसपछि माओवादीले विशेष महाधिवेशन गरेर पार्टीको नाम परिर्वतन गरेपछि एकता हुने बताइएको छ।
माओवादीसँग एकता गर्न नेसपाले बनायो बाबुरामको नेतृत्वमा समिति

काठमाडौं, मंसिर ६ : नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्र लगायतका पार्टीसँग एकता तथा ध्रुवीकरणका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ।

नेसपाको बुधबार बसेको बैठकले भट्टराईको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको हो।

समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहेका छन्।

बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा ९माओवादी केन्द्र० लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकतारध्रुवीकरण गर्दै जान पार्टी अध्यक्ष भट्टराईको संयोजकत्वमा समिति गठन गरेको अध्यक्षद्वय भट्टराई र यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

केन्द्रीय समितिले संगठन निर्माण तथा विस्तार अभियानको अवधि २ महिना थप गर्ने, सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने, मंसिर–पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ।

अब माओवादीले पनि अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टी एकता समायोजन समिति बनाउने र दुई समितिबीच वैचारिक तथा नीतिगत विषयमा छलफल हुनेछ।  त्यसपछि माओवादीले विशेष महाधिवेशन गरेर पार्टीको नाम परिर्वतन गरेपछि एकता हुने बताइएको छ।

प्रकाशित मिति: १९:१६ बजे, बुधबार, मंसिर ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्