Kathmandu Press

आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्न दलहरु सचेत हुनुपर्छ : नेता सिंह

उनले आन्दोलनले प्राप्त गरेको अधिकारहरुलाई सुरक्षित राख्र्दै त्यसको आधारलाई संस्थागत गर्दै अगाडि बढाउने काममा सबै राजनीतिक दलहरु सचेत रहन आवश्यक रहेको बताएका हुन्।
आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्न दलहरु सचेत हुनुपर्छ : नेता सिंह

काठमाडौं, मंसिर ६ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आन्दोलनबाट प्राप्त भएको अधिकारलाई संस्थागत गर्न सबै राजनीतिक दलहरु सचेत हुनु पर्ने बताएका छन्।

बुधबार शंखधर साख्वा दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनले प्राप्त गरेको अधिकारहरुलाई सुरक्षित राख्र्दै त्यसको आधारलाई संस्थागत गर्दै अगाडि बढाउने काममा सबै राजनीतिक दलहरु सचेत रहन आवश्यक रहेको बताएका हुन्।

‘अधिकार प्राप्त गर्ने बेला सबै मिलेर हामी आन्दोलनमा जान्छौं । ठूल्ठूला आन्दोलन हामीले गरिसकेका छौं,’ उनले भने, ‘ती आन्दोलनबाट प्राप्त अधिकारहरु सुरक्षित राख्र्दै त्यसको आधारलाई संस्थागत गर्दै अगाडि बढाउने काममा हामी सबै सचेत हुनुपर्छ।’
 
उनले उनले जनआन्दोलनपछि दुईवटा संविधान सभाको निर्वाचन गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतातन्त्रात्मक समावेशी संविधानलाई सुरक्षित राख्दै संविधानको भावना र मर्मलाई कार्यान्वयन गर्न सरकारले आवश्यक संघीय कानूनहरु निर्माण गर्नुपर्ने बताए।

 

प्रकाशित मिति: १८:०८ बजे, बुधबार, मंसिर ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्