एमालेको संकल्प यात्राको उद्घाटन झुलाघाटमा ओलीले गर्ने
केन्द्रीय कमिटी बैठकले संकल्प यात्राको कार्ययोजना पारित गर्दै यात्राको उद्घाटन अध्यक्ष ओलीले मंसिर १४ बिहान ८ः३० बजे बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर गर्ने निर्णय गरेको छ।
काठमाडौं, मंसिर ६ : नेकपा एमालेले गर्न लागेको संकल्प यात्राको उद्घाटन अध्यक्ष केपी ओलीले बैतडीको झुलाघाटमा गर्ने भएका छन्। समृद्धिका लागि संकल्प यात्रा मंसिर १४ गतेबाट सुरु हुनेछ।
बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकले संकल्प यात्राको कार्ययोजना पारित गर्दै यात्राको उद्घाटन अध्यक्ष ओलीले मंसिर १४ बिहान ८ः३० बजे बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर गर्ने निर्णय गरेको छ।
संकल्प यात्राको समापन भने पाँचथरको चिवाभञ्ज्याङमा हुनेछ। यो यात्रा ३ सातासम्म चल्ने छ।
मध्यपमहाडी लोकमार्गमा हुने यो यात्राको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन्। यसमा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरु पनि टोलीमा सहभागी हुनेछन्।
प्रकाशित मिति: १७:५२ बजे, बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











