‘प्रतिगामीहरुको सपना कहिल्यै पुरा हुँदैन’
संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्ने प्रधानमन्त्री दाहालले चेतावनी दिए।
काठमाडौं, मंसिर ६ : प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन्।
शङ्खधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रधनमन्त्री दाहालले पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोजेको भन्दै उनीहरुको सपना कहिल्यै पूरा नहुने उल्लेख गरे।
संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्ने प्रधानमन्त्री दाहालले चेतावनी दिए। उनले व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुने समेत बताए।
प्रधानमन्त्री दाहालले नेपाल संवत् नेपालको मौलिक संवत् भएको भन्दै यसलाई राष्ट्रिय संवतको रूपमा विकास गर्नुपर्ने बताए।
प्रकाशित मिति: १७:४० बजे, बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











