चितवनमा पुलमुनि बाेराभित्र महिला र पुरुषको शव

काठमाडौं, मंसिर ६ : चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित राजमार्गनजिकै बीभत्स अवस्थामा दुईवटा शव भेटिएका छन्।
पुलमुनि छुट्टाछुट्टै दुईवटा बोरामा महिला र पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। हत्या गरेर हातखुट्टा बाँधेर बोरामा हाली फालेको अवस्थामा शव फेला परेको बताइएको छ। ती शव कसको हो भन्ने सनाखत हुन सकेको छैन। दुवै जनाको अनुहार चोटले भरिएका कारण पहिचान गर्न सक्ने अवस्था नरहेको बताइएको छ।
ती शव अन्दाजी ३०–३५ वर्षका व्यक्तिको जस्तो देखिने घटनास्थलमा पुगेका प्रहरीको भनाइ छ। प्रहरीले शवलाई पोष्ट मार्टमको लागि भरतपुर अस्पताल लगेको छ ।
प्रकाशित मिति: १५:४६ बजे, बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











