Kathmandu Press

हाम्रो संगठनलाई बदनाम गर्न सामाजिक सञ्जालमा भ्रामक भिडियो फैलाइयो : अध्यक्ष क्षितिज थेबे 

मंसिर ७ गते संघले आयोजना गर्न लागेको युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी भएको आशंका गरेको आज संघका अध्यक्ष क्षितिज थेबेले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
हाम्रो संगठनलाई बदनाम गर्न सामाजिक सञ्जालमा भ्रामक भिडियो फैलाइयो : अध्यक्ष क्षितिज थेबे 

काठमाडौं, मंसिर ६ : राष्ट्रिय युवा संघले सामाजिक सञ्जालमा भाइरल भिडियोप्रति ध्यानाकर्ष भएको जनाउँदै आफूहरुलाई बदनाम गर्न भ्रामक सूचना फैलाएको प्रतिक्रिया दिएको छ।

मंसिर ७ गते संघले आयोजना गर्न लागेको युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी भएको आशंका गरेको आज संघका अध्यक्ष क्षितिज थेबेले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

युवा संघको नाम लिएर व्यवसायी दुर्गा प्रसाईंको अभियानामा सहभागी हुन आएका महिलालाई राति सुतेको जडिबुटीस्थित इन्द्रसान व्याङ्क्वीटमा बसेका ३५ जनाबढी महिलालाई सो स्थानबाट निकाल्न खोजेको भिडिओ सार्वजनिक भएपछि संगठनले आफ्नो भनाइ सार्वजनिक गरेको हो।
अध्यक्ष क्षितिज थेबेले युवा संघलाई जोडेर सामाजिक सञ्जालमा भिडिओ तथा अडिओ सामग्री फैलाइएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गर्दै युवा संघले कुनै गतिविधि नगरेको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौँ, घुसपैठबारे हामीले आन्तरिकरूपमा छानबिन गरिरहेको व्यहोरा जानकारी गराउँदछौँ। यस्ता खालका कुनैपनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ।’
युवा संघले सो भाइरल भिडियो भ्रामक भएको विज्ञप्तिमा उल्लेख गरको छ। 

‘नेपाली जनताको लामो बलिदानी त्याग र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने तथा सुशासन, समृद्ध र समानताको पक्षका आवाजहरुलाई संगठनले बुलन्द गर्दै आएको छ। यही सन्दर्भमा संगठनलाई बदनाम गर्न संगठनको नाम जोडेर सामाजिक संजालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको पाइयो,’जारी विज्ञप्तिमा भनिएको छ। 
 

प्रकाशित मिति: १५:३० बजे, बुधबार, मंसिर ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्