Kathmandu Press

आयोगले कार्यक्रम स्थलमा टोली खटाएर प्रदर्शनको अनुगमन गर्ने

आयोगले कार्यक्रम स्थलमा टोली खटाएर मंसिर ७ गते गरिने प्रदर्शनको अनुगमन गर्ने भएको हो। स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा बुझाइएको ज्ञापनपत्र बुधबार ग्रहण गर्ने क्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले उक्त जानकारी दिएका हुन्।
आयोगले कार्यक्रम स्थलमा टोली खटाएर प्रदर्शनको अनुगमन गर्ने

काठमाडौं, मंसिर ६ : राष्ट्रिय मानवअधिकार आयोगले व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको छुट्टाछुट्टै प्रदर्शनको अनुगमन गर्ने भएको छ। 

आयोगले कार्यक्रम स्थलमा टोली खटाएर मंसिर ७ गते गरिने प्रदर्शनको अनुगमन गर्ने भएको हो। स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा बुझाइएको ज्ञापनपत्र बुधबार ग्रहण गर्ने क्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले उक्त जानकारी दिएका हुन्।

स्वतन्त्र कानुन व्यवसायी मञ्चले व्यवसायी प्रसाईं र राष्ट्रिय युवा संघले आयोजना गरेको छुट्टाछुट्टै प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षण गर्न भन्दै आयोगलाई ज्ञापनपत्र बुझाएको हो।

आयोग अध्यक्ष मगरले आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताउँदै कुनै किसिमबाट हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल गरिने भनाई पनि राखे। आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सम्बद्ध निकायको ध्यानाकर्षण समेत गष्राउने भएको छ। 
 
प्रकाशित मिति: १४:२१ बजे, बुधबार, मंसिर ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्