Kathmandu Press

आन्दोलनको आवश्यकता महसुस भएको छ : ओली

आन्दोलनको आवश्यकता महसुस भएको छ : ओली

काठमाडौं, मंसिर ६ :  एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता महसुस भएको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सकिएपछि आन्दोलन गर्नुपर्ने बताएका हुन्। यही मंसिर १४ गते दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले अभियान सुरु गर्दैछ।

ओलीले आफूहरूको आन्दोलन शान्तिको बाटोबाट, जनपरिचालनको बाटोबाट हिँड्ने बताए। ‘अभियानपछि आन्दोलनकारी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता देखिरहेको छु,’ उनले भने, ‘हाम्रो आन्दोलनमा जनताको बल प्रयोग गर्ने भनेका छौं, हिंसाको बाटोबाट हामी जाँदैनौं।’

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, मंसिर ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्