Kathmandu Press

यसरी मनाइयो राष्ट्रिय विभूति शंखधर साख्वा दिवस

यसरी मनाइयो राष्ट्रिय विभूति शंखधर साख्वा दिवस

काठमाडौं, मङ्सिर ६ : सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय, समानताको पक्षमा अगाडि बढ्न गरिरहेको कोशिस शंखधर साख्वाले देखेको सपनाको निरन्तरता भएको बताएकी छन्। 

20231122090847_IMG_9127-1700636324.JPG

‘हामीले देशमा भएको थुप्रै समस्या समाधान गरेर जने क्रममा सुशासन,सामाजिक न्याय,समानताको पक्षमा जसरी अगाडि बढ्ने कोसिस गरिरहेको छौ, यो कोशिस पनि शंखधर साख्वाले देखेको सपनाको निरन्तरता हो भन्ने ठान्छु।’ राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमा  मन्त्री शर्माले नेपाल संवत  ११४४ सुरु भएदेखि सबै सरकारी कागजातमा कामकाजी भाषामा नेपाल भाषाको प्रयोग गर्ने सरकारको निणर्यले साख्वाले देखाएको बाटोमा समाजलाई लैजान थप मद्दत पुग्ने धारणा राखिन्। 

HariramBhetuwal_KTM_RSS_06_20231122085704_IMG_9092-1700636040.JPG

सो कार्यक्रममा काठमाडौं महानगरपालिका उप–प्रमुख सुनिता डंगोलले पद्मरत्न तुलाधारको नाममा स्थापित पद्मरत्न तुलाधर लुमति गुठीले गरिरहेको राम्रा कामको निरन्तरताका लागि महानगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताएकी छन्।

20231122090847_IMG_9127-1700636324.JPG

डंगोलले भनिन्, ‘कामठमाडौं महानगरपालिकाले पद्मरत्न तुलाधर लुमति गुठीले गरिरहेको राम्रा कामलाई ठूलो स्केलमा गर्नुपर्छ भनेर औपचारिक र संस्थागत रुपमा कामहरु अगाडि बढाउनुपर्छ भनेर महानगरको ‘कल्चरल सिटि’ को भिजनमा अनुसार गुठीलाई १० लाख बजेट दिने निणर्य गरेका छौं। पद्मरत्न तुलाधर ज्यु ले जुन सपना देख्नुभएको छ र शंखधर साख्वा दिवस मनाइरहेको महत्व छ, यो लक्ष्य पूरा गर्नको लागि तुलाधरको नाममा स्थापित पद्मरत्न तुलाधर लुमति गुठीले त्यो कार्यलाई अगाडि बढाओस भन्नका लागि महानगरले बजेट विनियोजन गरेको हो।’ 

HariramBhetuwal_KTM_RSS_06(1)-1700636318.JPG

उपप्रमुख डंगोलले नेपाल भाषाको सरकारी कामकाजको कार्यान्वयनमा स्थानीय जनतको महत्वपूर्ण भूमिका हुने भन्दै उनले नेपाल संवत मनाउने नीतिगत निणर्यसँगै त्यसको कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिइन्। उनले बालबालिकालाई स्थानीय रहनसहन, परम्परा, संस्कृतिलगायतका विविध कुराहरु सिकाउन स्थानीय सरकार सँगै घरपरिवारको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसको लागि आग्रह गरिन्। 

Banner-1700636000.jpg

 

Photos-(5)-1700636059.jpg

Photos-(3)-1700636090.jpg

Photos-(2)-1700636112.jpg

Photos-(4)-1700636136.jpg

HariramBhetuwal_KTM_RSS_06(2)-1700636253.JPG

Bidya-Sundar-Shakya--1700636212.jpg

Photos-(1)-1700636198.jpg

Photos-(6)-1700636161.jpg

HariramBhetuwal_KTM_RSS_06_20231122085631_IMG_9084-1700636268.JPG

 

 

 

 

प्रकाशित मिति: १२:५० बजे, बुधबार, मंसिर ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्