Kathmandu Press

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

काठमाडौं, मंसिर ६ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन्। भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ। 

बुधबार बिहान शितलनिवामा राष्ट्रपति पौडेललाई भेट्न प्रधामन्त्री दाहाल पुगेका थिए। उक्त भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनस्र्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन दाहालको ध्यानाकर्षण गराएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। 

भेटमा  राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको समसामयिक विषयहरूमा छलफल भएको पोखरेलले जानकारी दिए। 

भेटमा  राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको समसामयिक विषयहरूमा छलफल भएको पोखरेलले जानकारी दिए।
 
प्रकाशित मिति: १२:१३ बजे, बुधबार, मंसिर ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्