Kathmandu Press

इफाप्काले जलवायु परिवर्तको एजेण्डा उठाउनुपर्छ : राष्ट्रपति पौडेल 

जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सर्तकता अपनाउन जरुरी रहेको बताएका उनले इफाप्काले जलवायु परिवर्तको एजेन्डालाई पनि उठाउनुपर्ने बताए। 
इफाप्काले जलवायु परिवर्तको एजेण्डा उठाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं, मंसिर ६ : राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुने बताएका छन्। साथै उनले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिकताका साथ इफाप्काले उठान गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन। 

एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था (इफाप्का) को ४६औं सम्मेलनको आज काठमाडौंमा उद्घाटन गरेका उनले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका हुने भन्दै दिगो पूर्वाधार विकासका लागि जोड दिए। 

पौडेलले भने, ‘कुनै पनि मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष सर्तकता अपनाउनु जरुरी छ।’ 

जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सर्तकता अपनाउन जरुरी रहेको बताएका उनले इफाप्काले जलवायु परिवर्तको एजेन्डालाई पनि उठाउनुपर्ने बताए। 

‘पृथ्वी रहे मात्र हामी रहन्छौं भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका इफाप्कामा आबद्ध मुलुकहरू बढी मात्रामा जलवायु परिवर्तनसँगै प्राकृतिक विपत्तिको शिकार भइरहेको परिप्रेक्ष्यमा यस संगठनले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता मैले देखेको छु’, पौडेलले भने। 

विश्व प्रविधिमैत्री बनिसकेको उल्लेख गर्दै भौतिक पूर्वाधारको क्षेत्रले पनि प्रविधिमैत्री अभ्यासलाई अझ बृहत बनाउर्नुेमा जोड दिएका पौडेलले कार्वन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदो पूर्वाधार निर्माणमा जुट्न सबैलाई आग्रह गरे। 

प्रकाशित मिति: ११:५६ बजे, बुधबार, मंसिर ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्