Kathmandu Press

सरलाको ‘ए मेरो मनको राजा’ गीत सार्वजनिक

सरलाको ‘ए मेरो मनको राजा’ गीत सार्वजनिक

काठमाडौं, मंसिर ५ : साहित्यकार तथा गीतकार सरला श्रेष्ठद्वारा रचित ‘ए मेरो मनको राजा’ गीत सार्वजनिक गरिएको छ। 

मंगलबार काठमाडौंमा गीतकार संघ नेपालद्वारा आयोजित कार्यक्रमकाबीच ‘ए मेरो मनको राजा’ गीतको सार्वजनिक गरिएको हो। यसै अवसरमा शारदा मासिक (विशेषाङ्क सरला श्रेष्ठका गीतहरु) पनि लोकार्पण गरियो।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक भएकोमा शुभकामना दिँदै आफू पनि लेखनमा रुचि राख्ने व्यक्ति भएको बताए। 

गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले गीत सङ्गीतको क्षेत्रलाई  लगानीको पनि सुनिश्चितता गर्ने गरी काम अगाडि बढाएको बताए। 

उनले भने, ‘लगानी पनि सुनिश्चित गर्नुपर्छ भनेर हामी उद्यमीहरु संस्थागत हिसाबले उद्योगको रुपमा स्थापित हुनुपर्छ भनेर गीत सङ्गीतको क्षेत्रलाई अगाडि बढाइरहेका छौं।’
 

प्रकाशित मिति: १९:०० बजे, मंगलबार, मंसिर ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्