Kathmandu Press

दुर्गा प्रसाईं समूहकाे संस्कृति र नागरिक बचाउ महाअभियानले बल्खुमा प्रदर्शन गर्ने

दुर्गा प्रसाईं समूहकाे संस्कृति र नागरिक बचाउ महाअभियानले बल्खुमा प्रदर्शन गर्ने

काठमाडाैं, मंसिर ५ : दुर्गा प्रसाईं समूहको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने भएको छ।

महाअभियानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं प्रशासनको सुझावमा आफुहरुले काठमाडौंको बल्खुमा मंसिर ७ गते प्रदर्शन गर्न लागेको जनाएको हो।

अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले बल्खुमा हुने कार्यक्रमका लागि डेढ लाख मानिसहरू काठमाडौं आइसकेको दाबी गरे। उनले उक्त अभियान दुर्गा प्रसाईंको मात्रै नभएकाले उनलाई मात्रै जोडेर हेर्न नमिल्ने बताए।

त्यस्तै उनले युवा संघले समेत सोहि दिन गर्न लागेको प्रदर्शनले आफुहरुलाई फरक नपर्ने र आफुले कसैसंग प्रतिष्पर्धा गर्न प्रदर्शन नराखेको उल्लेख गरे।

प्रदर्शनअघि लागि ललितपुर, काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट र्याली गरि बल्खु पुग्ने महाअभियानले जनाएको छ।

प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, मंसिर ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्