Kathmandu Press

अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव हुँदै

अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव हुँदै
Hardik ivf

काठमाडौं, मंसिर ५ : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारको छाता संस्था ‘इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)' ले 'अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । 

महिला निर्देशकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यही मङ्सिर ९ गते महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागिएको महोत्सव निर्देशक सङ्गीता श्रेष्ठले जानकारी दिइन्। 'चलचित्र क्षेत्रलाई आफ्नो रचनात्मक सिर्जनाबाट संसारभरि चिनाउन सक्ने सशक्त महिला निर्देशक हामी कहाँ छन् । तर सामाजिक दृष्टिकोण, कम प्राथमिकता र अवसर तथा प्रोत्साहनको कमीले यो क्षेत्रमा महिला निर्देशकको उपस्थिति कम देखिन्छ । यस्ता महोत्सव उहाँहरूलाई उपयोगी हुनाका साथै अवसर हुन् सक्छन्,' उनले भने। 

आइर्वाटका नेपाल च्याप्टरका अध्यक्ष इच्छा गुरुङले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। नेपाल चलचित्र विकास बोर्डको सभाहलमा महोत्सव आयोजना गरिनेछ। महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकको सहभागिता जनाउने तथा नेपाललगायत विभिन्न देशका महिला निर्देशकले निर्देशन गरेका चलचित्र प्रदर्शन गरिनेछन्।  महोत्सवमा नेपाली लघुचलचित्र प्रतिस्पर्धाका विजेतालाई ‘अवार्ड’ प्रदान गरिनेछ। 

प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, मंसिर ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्