निषेधित क्षेत्र घोषणापछि सुनसान माइतीघर [तस्बिरहरू]
![निषेधित क्षेत्र घोषणापछि सुनसान माइतीघर [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/maitighar-1700558358.jpg)
काठमाडौं, मंसिर ५ : पछिल्लो समय आन्दोलन गर्ने, प्रदर्शन गर्ने ठाउँका रूपमा परिचित माइतीघर क्षेत्र आजबाट सुनसान देखिएकाे छ। सधै जसो केही न केही आन्दोलन र प्रदर्शन गर्ने स्थान बनिसकेको माइतीघर निषेधाज्ञाका कारण फेरि सामान्य अवस्थामा आएको छ। माइतीघरको मुख्य सडक सँगैको लेन सात-आठ महिनादेखि ठप्प थियो। त्यहाँ अनशन बस्ने कोही न कोही कहिल्यै छुट्दैनथे। सरकारकाे विराेध गर्नेहरू, सरकारसँग माग राख्नेहरू जम्मा हुने भएकाले त्यहाँ दैनिक चहलपहल भइरहन्थ्याे।तर जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सोमबार एक सूचना जारी गरी माइतीघरदेखि बानेश्वरसम्म निषेधाज्ञा तोकेपछि भने त्यहाँकाे परिस्थिति फेरिएको हाे। ठप्प लेनमा गाडी गुड्न थालेको छ। पैदलयात्रीबाहेक कुनै प्रदर्शनकारी त्यहाँ देखिन्नन्।











प्रकाशित मिति: १५:१० बजे, मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











