Kathmandu Press

‘लाखे’ निर्देशकको सस्पेन्स-थ्रीलर ‘कंगारु’ घोषणा, फागनुदेखि छायांकन

‘लाखे’ निर्देशकको सस्पेन्स-थ्रीलर ‘कंगारु’ घोषणा, फागनुदेखि छायांकन

काठमाडौं, मंसिर ५ : फिल्म ‘लाखे’ का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘कंगारु’ राखिएको छ। यो फिल्मको छायांकन फागुनदेखि सुरु हुनेछ।

राजीव गुरुङ ‘दीपक मनाङ्गे’ को प्रस्तुति रहने यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए। यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’ एक्सन जनरामा निर्माण गरिएको थियो।

Hardik ivf

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मससँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो। फिल्ममा प्रेम थापा र धनबहादुर गुरुङको लगानी रहने जनाइएको छ।

deepak-and-samrat-1700553209.jpg

फिल्मको सह–निर्मातमा रोनिशबहादुर बस्नेत र निशान श्रेष्ठ छन्। टिका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको यो फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलिया) रहेको छ। फिल्ममा सीमा गुरुङको कथा र महेश दवाडीको पटकथा रहेको छ। फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स (यूके) ले पनि सहकार्य गरेको छ।

‘मैले लाखेलाई एक्सन जनरामा निर्माण गरेको थिएँ। त्यसपछि, केही फरक कथा भन्न मन लागेको थियो’ निर्देशक बस्नेतले भने, ‘यसैले, कंगारुका लागि हामीले स्क्रिप्टमा मात्र २ वर्ष समय लगाएका छौं। दर्शकले यसपटक फरक स्वादमा फिल्म हेर्न पाउनुहुनेछ।’

फिल्मका लागि विभिन्न कलाकारहरुसँग कुराकानी भएको र चाँडै कलाकारहरुको टुंगो लाग्ने निर्माण पक्षले जनाएको छ।
 

प्रकाशित मिति: १३:४२ बजे, मंगलबार, मंसिर ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्