Kathmandu Press

सडकमा आश्रितहरुको व्यवस्थापनका लागि संसदमा विधयेक पेस गर्नेछौं : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले मानव सेवाआश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोगका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि बताए।
सडकमा आश्रितहरुको व्यवस्थापनका लागि संसदमा विधयेक पेस गर्नेछौं : प्रधानमन्त्री

काठमाडौं, मंसिर ४ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सडकआश्रित मानवहरुको समुचित व्यवस्थापनका लागि विधेयक तयार गरी संघीय संसदको आउँदो अधिवेशनमा पेस गर्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८० समापन’ कार्यक्रममा प्रधनमन्त्री दाहालले असहाय, अनाथ, अशक्त, जोखिममा परेका र सडकआश्रित मानवहरुको समुचित व्यवस्थापन गर्न विधेयक तयार गरी संसदमा पेस गर्ने प्रतिबद्धता जनाए।

‘बेवारिसे, असहाय, अनाथ, अशक्त र जोखिममा परेका मानसिक असन्तुलन भएका सडकआश्रित मानवहरुको समुचित व्यवस्थापन गर्न संघीय संसदको आउँदो अधिवेशनमा विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने।

प्रधानमन्त्री दाहालले मानव सेवाआश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोगका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि बताए। उनले सातै प्रदेशमा आश्रमलाई अशक्त्तहरुलाई ओसार प्रसार गर्ने गाडी उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए।

संघ, प्रदेश र स्थानीय सरकारले सडक मानव व्यवस्थापन गर्न आ–आफ्नो तर्फबाट कार्यक्रम तथा बजेट विनियोजन गर्न आवश्यक पहल र समन्वय गरिने उनको भनाई थियो।

प्रकाशित मिति: १८:५५ बजे, सोमबार, मंसिर ४, २०८०
NTCNTC
प्रतिक्रिया दिनुहोस्