Kathmandu Press

नेताहरु कर्तव्य निर्वाहको जिम्मेवारीबाट निर्देशित हुनुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

राजनीतिक पार्टीहरुलाई गुनासो गर्ने र आलोचना गरेर उम्कने सुविधा नरहेको भन्दै उनले नेता–कार्यकर्ताहरु गुनासो भन्दा पनि कर्तव्य निर्वाहको जिम्मेवारीबाट निर्देशित हुनुपर्ने बताएका हुन्।
नेताहरु कर्तव्य निर्वाहको जिम्मेवारीबाट निर्देशित हुनुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं, मंसिर ४ : पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता विष्णु पौडेलले राजनीतिक पार्टीका नेता–कार्यकर्ताहरु गुनासो भन्दा पनि कर्तव्य निर्वाहको जिम्मेवारीबाट निर्देशित हुनुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८०’ को समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

राजनीतिक पार्टीहरुलाई गुनासो गर्ने र आलोचना गरेर उम्कने सुविधा नरहेको भन्दै उनले नेता–कार्यकर्ताहरु गुनासो भन्दा पनि कर्तव्य निर्वाहको जिम्मेवारीबाट निर्देशित हुनुपर्ने बताएका हुन्।

‘हामीलाई गुनासो र आलोचना गरेर उम्कने सुविधा छैन । हामीसँग राम्रा विचार र दृष्टिकोण छन् भने जनतामाझ जान सक्छौं । जनताले अनुमोदन गरे भने हामीले हाम्रा राम्रा कुरा कार्यान्वयन गर्न सक्छौं,’ उनले भने, ‘त्यसैले सत्तामा रहेका र प्रतिपक्षमा रहेका कुनै पनि राजनीति दलहरुले गुनासो गरेर कर्तव्य निर्वाह हुँदैन । कर्तव्य निर्वाहको जिम्मेवारीबाट सबै निर्देशित हुनुपर्छ।’

उनले नेकपा एमाले कर्मक्षेत्रमा खटिरहेको दाबी गर्दै मानवीय सेवाको महाअभियानमा सधैँ र सबै अवस्थामा साथमा रहने प्रतिबद्धतासमेत जनाए।

प्रकाशित मिति: १८:४० बजे, सोमबार, मंसिर ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्