Kathmandu Press

गौशालामा संरक्षित २४४ गाईगोरुको विशेष पूजा

प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन गाई गोरुको पूजा गरी गोपाष्टमी पर्व मनाउने गरिन्छ। गौशालामा हाल दुहुना गाई ८० वटा, दुध नदिने गाई ६७ वटा, सानो बाच्छा २० वटा, बाच्छी २८ वटा, साढे ४ वटा लगाएत छन्।
गौशालामा संरक्षित २४४ गाईगोरुको विशेष पूजा
Hardik ivf

काठमाडौं, मंसिर ४ : गोपाष्टमीको अवसर पारेर पशुपति गौशालामा संरक्षण गरिएका २४४ गाई गोरुको विशेष पूजासहित मीठो खानेकुरा खुवाइएको छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन गाई गोरुको पूजा गरी गोपाष्टमी पर्व मनाउने गरिन्छ। गौशालामा हाल दुहुना गाई ८० वटा, दुध नदिने गाई ६७ वटा, सानो बाच्छा २० वटा, बाच्छी २८ वटा, साढे ४ वटा लगाएत छन्।

दुहुना गाइहरुबाट दैनिक सरदर ६ सय लिटर दुध उत्पादन हुने गरेको पशुपति गौशाला धर्मशालाले जनाएको छ जसमध्ये गौशालाले दैनिक २९ लिटर दूध पशुपतिनाथमा अर्पण गर्न निःशुल्क दिने गरेको पशुपति गौशाला धर्मशालाका महासचिव महावीरप्रसाद अग्रवालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १७:२० बजे, सोमबार, मंसिर ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्