टिकटकमाथि प्रतिबन्धविरुद्ध अर्को रिट दर्ता
सोमबार पत्रकार एवम् अधिवक्ता जगन्नाथ दुलालसमेतले रिट दर्ता गरेका हुन्।काठमाडौं, मंसिर ४ : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ।
सोमबार पत्रकार एवम् अधिवक्ता जगन्नाथ दुलालसमेतले रिट दर्ता गरेका हुन्। टिकटक प्रतिबन्धका कारण अभिव्यक्ति स्वतन्त्रताको हक हनन् भएको प्रश्न उठाउँदै रिट दर्ता भएको हो। रिटमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई गरेको पत्राचार बदरको माग गरिएको छ।
धेरै नागरिकले टिकटकमार्फत सूचना पाइरहेको अबस्थामा प्रतिबन्ध लगाउँदा संविधान प्रदत्त सूचनाको हक कुण्ठित भएको दाबी समेत गरिएको छ।
यसअघि टिकटक फुकुवाको मागसहित शुक्रबार दशवटा रिट दर्ता भएका थिए। ति रिटको सुनुवाई सोमबारका लागि तोपकिए पनि ‘हेर्न नभ्याइने’ मा परेका छन्।
प्रकाशित मिति: १७:०३ बजे, सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदा रवि लामिछानेले कसका नाममा कतिको चेक काटे ?शुक्रबार, असोज ४, २०८१
कुमार रम्तेलको बयान- रवि लामिछानेले सहकारीबाट १ करोड ९० लाख ऋण लिएका थिएशुक्रबार, असोज ४, २०८१
जिबी राईसहित सहकारी प्रकरणमा फरार रहेका २९ जना को-को हुन्, अहिले कहाँ छन् (सूची)शुक्रबार, असोज ४, २०८१
गोरखा मिडियाका संस्थापक जोशीको बयान– आफ्नो सेयरबाट रविलाई १५ प्रतिशत शेयर दिएको हुँ शुक्रबार, असोज ४, २०८१