कला क्षेत्रका पत्रकार ढकालको शव कृष्णभिरमा भेटियो
कृष्णभिरको मुनि खोल्सामा अड्किरहेको अवस्थामा शव भेटिएको हो। त्रिशुली नदीमा र्याफ्टिङ गरिरहेका एक व्यक्तिले शव देखेर प्रहरीलाई सूचना दिएपछि खोजी हुँदा ढकालको शव फेला परेको हो।
काठमाडौं, मंसिर ४ : गत शुक्रबारदेखि सम्पर्कविहीन रहेका पत्रकार प्रकाश ढकालको शव धादिङको कृष्णभिरमा भेटिएको छ।
कृष्णभिरको मुनि खोल्सामा अड्किरहेको अवस्थामा शव भेटिएको हो। त्रिशुली नदीमा र्याफ्टिङ गरिरहेका एक व्यक्तिले शव देखेर प्रहरीलाई सूचना दिएपछि खोजी हुँदा ढकालको शव फेला परेको हो।
उनको टाउको क्षतविक्षत अवस्थामा रहेको जनाइएको छ । शवको अवस्था हेर्दा घटना शंकास्पद रहेको बताइएको छ । शवलाई पोस्टमार्टमका लागि काठमाडौं ल्याइँदै छ।
ढकाल तिहार मान्न स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएर फर्केका थिए। बिहीबार घरबाट हिँडेका उनी शुक्रबार दिउँसोदेखि उनी सम्पर्कविहीन थिए।
लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत रहेका ढकाल लोकदोहोरी प्रतिष्ठान यूएई शाखाको पूर्वसहसचिव समेत थिए। उनले करिब दुई दर्जन गीतमा अभिनय गरेका छन्।
प्रकाशित मिति: १६:२६ बजे, सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार