Kathmandu Press

रेशम चौधरीविरुद्धको रिटमा पनि आज सुनुवाइ नहुने 

टीकापुर हिंसामा श्रीमान् गुमाएकी शारदा कठायतले गत जेठ १६ गते नै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
रेशम चौधरीविरुद्धको रिटमा पनि आज सुनुवाइ नहुने 

काठमाडौं, मंसिर ४ : रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने मागसहित पीडितले दिएको रिटमा सोमबार सुनुवाइ नहुने भएको छ। 

टीकापुर हिंसामा श्रीमान् गुमाएकी शारदा कठायतले गत जेठ १६ गते नै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिट ‘हेर्न नभ्याइने’ भएको छ। सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासमा सुनुवाईका लागि तोकिएको उक्त रिटलाई सर्वोच्च प्रशासनले ‘हेर्न नभ्याइने’ पेशी सुचीमा राखेको छ। 

न्यायाधीश चुडाल र नहकुल सुवेदी संलग्न अर्को संयुक्त इजलास समेत रहेका कारण हेर्न नभ्याइने सुचीमा परेको जनाइएको छ। उक्त रिट न्यायाधीश चुडालको इजलासमा पहिलो नम्बरमा पेसीमा थियो।

२०७२ भदौमा कैलालीको टीकारपुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको हत्याकाण्ड प्रकरणमा जन्मकैद सजाय सुनाइएका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते माफी मिनाहा भएको थियो। 

उक्त रिटको सुनुवाइमा ढिलाइ भएको भन्दै अग्राधिकार दिन माग राखेर कठायतले अर्को निवेदन समेत दएकी छन्। 
 

प्रकाशित मिति: १४:०१ बजे, सोमबार, मंसिर ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्