Kathmandu Press

टिकटकमाथि प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’

टिकटकमाथि प्रतिबन्ध लगाउन सरकारको निर्णयविरुद्ध परेको १० वटा रिटमा सोमबार सुनुवाइका लागि सर्वोच्च अदालतमा पेशी तोकिएको थियो।
टिकटकमाथि प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं, मंसिर ४ : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट ‘हेर्न नभ्याइने’ भएको छ।

टिकटकमाथि प्रतिबन्ध लगाउन सरकारको निर्णयविरुद्ध परेको १० वटा रिटमा सोमबार सुनुवाईका लागि सर्वोच्च अदालतमा पेशी तोकिएको थियो।

न्यायाधीश कुमार चुडालको एकल इजलासमा सुनुवाईका लागि तोकिएको उक्त रिटलाई सर्वोच्च प्रशासनले हेर्न नभ्याइने पेशी सुचीमा राखेको छ । 

न्यायाधीश चुडाल र नहकुल सुवेदी संलग्न अर्को संयुक्त इजलास समेत रहेका कारण हेर्न नभ्याइने सुचीमा परेको जनाइएको छ।

मन्त्रिपरिषद बैठकको निर्णय अनुसार गत २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारको उक्त निर्णय गैरसंवैधानिक रहेको दाबीसहित सर्वोच्चमा भिन्नाभिन्नै रिट दायर भएका थिए। 
 

प्रकाशित मिति: १३:४८ बजे, सोमबार, मंसिर ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्