शान्ति खल्बल्याउन खोजेकाले सामाजिक सञ्जाल नियन्त्रण आवश्यक : मन्त्री किराती

काठमाडौं, मंसिर ४ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालको दुरुपयोगले देशको शान्ति खल्बल्याउने काम भइरहेको दाबी गरेका छन्।
सोमबार ललितपुरमा आयोजित नेपाल संवाद शिखर सम्मेलन–२०२३ लाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोगले शान्ति खलल गर्न खोजिरहेको भन्दै यसलाई सही समयमा नियन्त्रण गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग एउटा चुनौती छ। यसले पनि शान्ति खलल गर्न खोजिरहेको छ। एक हातमा भाला र अर्को हातमा माला बोकेर लड्ने भनेर विभिन्न ठाउँबाट अमुक व्यक्तिले अँध्यारोमा हिंसा भड्काउने अभिव्यक्ति दिएको सामाजिक सञ्जालमा देखेको थिएँ। यसलाई सही समयमा नियन्त्रण गर्नुपर्छ।’
उनले देशमा शान्ति प्रक्रियाको तार्किक निष्कर्ष र संविधान कार्यान्वयनको विषय पनि प्रमुख चुनौतीको रुपमा रहेको धारणा राखे।
प्रकाशित मिति: १३:३३ बजे, सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











