Kathmandu Press

टिकटक प्रतिबन्धविरूद्ध प्रदर्शनी [तस्बिरहरू]

टिकटक प्रतिबन्धविरूद्ध प्रदर्शनी [तस्बिरहरू]

राजधानीको माइतीघर मण्डलमा सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा साेमबार युवाहरु प्रदर्शनमा उत्रिएका छन्। सरकारले गरेको टिकटक प्रतिबन्ध फिर्ता हुनुपर्ने भन्दै प्रयोगकर्ता आन्दोलित भएका हुन्। उनीहरूले टिकटक होइन भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने, जाजरकोटमा ध्यान दिनु पर्ने जस्ता प्ले कार्ड लिएर प्रदर्शनी गरेका थिए। 

BAB_6866-1700465861.jpg

उनीहरूले टिकटक प्रयोग गर्न पाउनु नागरिककाे अभिव्यक्ति स्वतन्त्रता भएकाे बताएका छन्। उनीहरूले टिकटकरसँग नडराउन सरकारलाई सुझाएका छन्। टिकटकमा लगाएकाे प्रतिबन्ध तत्काल हटाउन पनि उनीहरूकाे माग छ। सरकारले कात्तिक २७ गते सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै नेपालमा त्यसको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो।

BAB_6863-1700465861.jpg

टिकटक बन्द गर्ने सरकारो निर्णय संविधानविपरीत भएको दाबीसहित शुक्रबार सर्वाेच्च अदालतमा १० वटा निवेदन परेका छन्। ती रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भनिए पनि नहुने भएको छ। न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको उक्त रिट हेर्न नभ्याउनेमा परेको छ। 

BAB_6877-1700465860.jpg

BAB_6868-1700465860.jpg

BAB_6883-1700465858.jpg

BAB_6886-1700465858.jpg

BAB_6878-1700465859.jpg

BAB_6879-1700465859.jpg

BAB_6905-1700465857.jpg

BAB_6896-1700465857.jpg

BAB_6893-1700465857.jpg

BAB_6892-1700465857.jpg

 

 

BAB_6906-1700465856.jpg

BAB_6911-1700465856.jpg

 

प्रकाशित मिति: १३:२५ बजे, सोमबार, मंसिर ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्