Kathmandu Press

काठमाडाैं प्रशासनले युवा संघ र दुर्गा प्रसाईलाईं छलफलमा बाेलायाे

एमाले निकट युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन गर्ने तयारीमा छ।
काठमाडाैं प्रशासनले युवा संघ र दुर्गा प्रसाईलाईं छलफलमा बाेलायाे

काठमाडौं, मंसिर ४ : नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलमा कार्यक्रम नगर्न आग्रहका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले दुबै पक्षलाई आज छलफलमा डाकेको छ। 

जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवदनशिलता अपनाउँदै दुवै पक्षलाई माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने भएको छ। एमाले निकट युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन गर्ने तयारीमा छ।

यता, प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा कार्यक्रम गर्दैछन्। युवा संघर प्रसाईंविच विगतदेखि नै तित्तत्ता छ। 

बस्नेत र प्रसाईंले एकै दिन एकै ठाउँमा कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले मण्डलमा कार्यक्रम गर्न नदिने भएको हो। जिल्ला प्रशासन कार्यालयले यस बिषयमा छलफल गर्ने तयारीमा छ। प्रशासनले दुवै पक्षलाई छुट्टाछुट्टै स्थान तोकिदिने भएको छ। 
 

प्रकाशित मिति: १३:१२ बजे, सोमबार, मंसिर ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्