कुपण्डोलबाट उदाउँदो सूर्यलाई अर्घ [तस्बिरहरू]
![कुपण्डोलबाट उदाउँदो सूर्यलाई अर्घ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/3-pic-1700464798.jpg)
काठमाडौं, मंसिर ४ : सूर्य देवको उपासना गरी मनाइने छठ पर्वको सोमबार समापन गरिएको छ। नदी तथा तलाउका किनारमा बनाइएका छठघाटमा व्रतालुहरुले उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ दिएर छठ पर्वको समापन गरेका हुन्। छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए। चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको आइतबार साँझ व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ दिएका थिए। काठमाडौंमा गुह्येश्वरी, कमलपोखरी, गौरीघाट लगायतका पोखरी तथा तलाउ, वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए। राजधानीको कुपण्डोलस्थित वाग्मती नदी किनारमा उदाउँदो सूर्यलाई अर्घ दिएका छन्।
















प्रकाशित मिति: १३:०७ बजे, सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











