बझाङमा परकम्प
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो।
काठमाडौँ, मङ्सिर ४ : बझाङको धमेना केन्द्रबिन्दु भएर चार शमलव पाँच रेक्टर स्केलको परकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो। केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले बझाङमा धमेनामा भूकम्प पछि फेरी परकम्प गएको जानकारी दिए।
“धमेना केन्द्रबिन्दु भएर चार शमलव पाँच रेक्टर स्केलकोे परकम्प गएको हो”, उहाँले भन्नुभयो, “बझाङ आसपासका जिल्लामा समेत परकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ।”
गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसयता धेरैपटक परकम्प गएको केन्द्रले जनाएको छ।
प्रकाशित मिति: १२:३९ बजे, सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











