Kathmandu Press

रुकुम पश्चिममा जिप दुर्घटना : २२ जना घाइते, ७ को अवस्था गम्भीर

जिपमा सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। 
रुकुम पश्चिममा जिप दुर्घटना : २२ जना घाइते, ७ को अवस्था गम्भीर

काठमाडौं, मंसिर ४ : रूकुम पश्चिममा यात्रुबाहक गाडी दुर्घटनामा परेको छ।

सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु१ज २२९७ नम्बरको २२ यात्रु बोकेको जिप चौरजहारी नगरपालिका–८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो।

जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको र जिपमा सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। 

उननका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल लगिएको छ।

जिपमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको प्रहरीले आकलन गरेको छ। जिप चालक चौरजहारीकै भीमबहादुर विक पनि घाइते छन्।  दुर्घटनाबारे अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए। 
 

प्रकाशित मिति: १२:०७ बजे, सोमबार, मंसिर ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्