अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
तराई—मधेसका जिल्लाहरू तथा काठमाडौंमा उपत्यकामासमेत धुमधामसाथ मनाइने छठ पर्वको अवसरमा आज विभिन्न छठ घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिएका छन्।-1700399740.jpeg)
काठमाडौं, मंसिर ३ : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ।
तराई—मधेसका जिल्लाहरू तथा काठमाडौंमा उपत्यकामासमेत धुमधामसाथ मनाइने छठ पर्वको अवसरमा आज विभिन्न छठ घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिएका छन्।
जनकपुर, विराटनगर, झापालगायतका शहरका जलाशयलाई बेहुली जस्तौ सिंगारेर तयार पारिएका छठ घाटमा दर्शनार्थीको घुइँचो छ।
(10)-1700399740.jpg?timestamp=1700399783308)
काठमाडौंको गौरीघाट, कमलपोखरी, बागमती नदि किनारा थापाथली, टेकु दोभानलगायतका विभिन्न ठाउँमा पुगेर श्रद्धालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयर, ललितपुर महानगरपालिकाका मेयर लगायतले छठ पुजाका लागि तयारी गरिएका घाटमा पुगेर पुजा आजा गरेका छन्।
(1)-1700399721.jpeg?timestamp=1700399793152)
३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा समापन हुन्छ।
-1700399720.jpeg?timestamp=1700399801966)











