Kathmandu Press

राष्ट्रपतिले गरे छठीमाईको पूजा आराधना

राष्ट्रपति पौडेल सुरुमा गौरीघाट र त्‍यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थल गएका थिए।
राष्ट्रपतिले गरे छठीमाईको पूजा आराधना

काठमाडौं, मंसिर ३ : राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरी पुगेर छठीमाईको पूजाआराधना गरेका छन् । धर्मपत्नी सविता पौडेलसँगै उनी पूजास्थल पुगेका थएि। उनले अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए।

राष्ट्रपति पौडेल सुरुमा गौरीघाट र त्‍यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थल गएका थिए। गौरीघाटमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

यसैगरी कमलपोखरी पूजास्थलमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाध्यक्षहरू, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

RS-Ktm-20231119165659_RATL9038-1700393918.jpg

 

प्रकाशित मिति: १७:२५ बजे, आइतबार, मंसिर ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्