Kathmandu Press

हिन्दू राष्ट्र प्राप्तिका लागि भन्दै छठ पूजाको अवसरमा सांसद पराजुलीकाे प्रणाम यात्रा

हिन्दू राष्ट्र प्राप्तिका लागि भन्दै छठ पूजाको अवसरमा सांसद पराजुलीकाे प्रणाम यात्रा

काठमाडौं, मंसिर ३ : कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले हिन्दू राष्ट्र प्राप्तिका लागि भन्दै छठ पूजाको अवसरमा प्रणाम यात्रा गरेका छन्। पराजुलीले  धर्म सहितको सनातन हिन्दु राष्ट्रको माग राख्दै दण्ड प्रणाम यात्रा सिंघिया घाटसम्म गरेका हुन्। घर देखि घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा प्रणाम यात्रा भनिन्छ।

Bhim-parajuli-morong---frame-at-0m42s-1700387774.jpg

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले हिन्दु राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने भन्दै यो १९ औं दण्ड प्रणाम यात्रा गरेको बताए। उनले मुलुकको शान्ति विकास र समबृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको समेत बताए।

Bhim-parajuli-morong---frame-at-1m9s-1700387772.jpg

विराटनगर महानगरपालिका–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा गर्ने गरेको उहाले बताए। दण्ड प्रणाम यात्राका लागि शनिबारदेखि व्रत बसेको उनले बताए।

Bhim-parajuli-morong---frame-at-0m22s-1700387766.jpg

 

 

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, मंसिर ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्