Kathmandu Press

कात्तिक नाच शनिबार रातिबाट सुरु

३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ।
कात्तिक नाच शनिबार रातिबाट सुरु

काठमाडौं, मंसिर ३ : ललितपुरको ऐतिहासिक कात्तिक नाच शनिबार रातिबाट सुरु भएको छ।

३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ। सो क्रममा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ।

नाचको पहिलो दिन पाटन डबलीमा बाथःप्याखँअन्तर्गतको माकः सीमियेगु नाटक प्रदर्शन गरिएको छ। १३ जना कलाकारले प्रस्तुत गरेको उक्त नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गर्नुभएको हो। नाचमा दैत्य जगाउने परम्परा छ।

यस नाचमा राजोपाध्याय, श्रेष्ठ,  प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गरेको कात्तिक नाच संरक्षण समितिले जनाएको छ। 

प्रकाशित मिति: १५:१० बजे, आइतबार, मंसिर ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्