Kathmandu Press

विश्व शौचालय दिवस नेपालमा पनि जनचेतनामूल कार्यक्रम गरी मनाइयाे

यस वर्ष विश्व शौचालय दिवसको नारा परिवर्तनलाई बढावा दिऔँ भन्ने रहेको छ। नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त देश घोषणा गरिएको छ।
विश्व शौचालय दिवस नेपालमा पनि जनचेतनामूल कार्यक्रम गरी मनाइयाे

काठमाडौं, मंसिर ३ : विश्व शौचालय दिवस नेपाल लगायत विश्वभर जनचेतनामूल कार्यक्रम गरी मनाइएको छ।

यस वर्ष विश्व शौचालय दिवसको नारा परिवर्तनलाई बढावा दिऔँ भन्ने रहेको छ। नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त देश घोषणा गरिएको छ। तर पनि सवै नेपालीहरुमा शौचालयको पहुँच पुग्न सकेको छैन।

Hardik ivf

नेपालमा अझै पनि झण्डै साढे ५ प्रतिशत जनसंख्यामा शौचालयको अभाव रहेको एक तथ्याङ्कले देखाएको छ। उपत्यकामा विभिन्न स्थानमा सार्वजनिक शौचालय रहेपनि अप्रयाप्त रहेको नागरिकहरुको गुनासो छ।

संयुक्त राष्ट्र संघका अनुसार विश्वका साढे ३ अर्ब मानिसहरु अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन्। विश्वभर खुला दिसा र पिसाबका कारण फैलने रोगले विश्वमा दैनिक एक हजार बालबालिकाको ज्यान जाने गरेको तथ्यांक रहेको छ।

प्रकाशित मिति: १४:३२ बजे, आइतबार, मंसिर ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्