Kathmandu Press

‘पशुपति प्रसाद ३’ बन्ने

‘पशुपति प्रसाद २ ः भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो।
‘पशुपति प्रसाद ३’ बन्ने

काठमाडौं, मंसिर ३ : ‘पशुपति प्रसाद’को तेस्रो शृंखला निर्माण हुने भएको छ। ‘पशुपति प्रसाद २ ः भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो।

निर्देशक दीपेन्द्र के खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताए। उनले भने, “हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौँ,” उनले भने, “यद्यपि दोस्रो शृङ्खलाले उब्जाएका प्रश्नलाई सम्बोधन गर्न पनि घोषणा गरेका हौँ । यो आउँदो वर्ष नै प्रदर्शनमा आउँछ।”

Hardik ivf

तेस्रो शृङखलामा खगेन्द्र लामिछाने शीर्ष भूमिकामा देखिनेछन्। “कथा लेखन र अभिनयमा मात्र म व्यस्त छु । दोस्रो शृङ्खलाको क्रममा चलचित्र भवन पुग्दा पशुपति प्रसाद कहिले हेर्न पाइन्छ रु भन्ने दर्शकले जिज्ञासा राख्नु हुन्थ्यो,” उनले भने, “त्यसैले हामीले यसलाई निरन्तरता दिने योजना अनुरुप घोषणा गरेका हौँ ।”

रोजिना सिटौलाले निर्माण गर्ने फिल्ममा शृंखलाका कलाकारसँगै नयाँ पनि थपिने उनले जानकारी दिए। यसअघि यो समूहले ‘पशुपति प्रसाद’, ‘धनपति’, ‘पशुपति प्रसाद २ स् भष्मे डन’ निर्माण गरेको थियो। 

प्रकाशित मिति: ११:०६ बजे, आइतबार, मंसिर ३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्