Kathmandu Press

एक दिनमै कोरोला नाका [फाेटाेफिचर]

कालीगण्डकी कोरिडोर राजमार्गको अधिकांश खण्ड कालोपत्र भइसकेको छ भने बाँकी भागमा पनि धमाधम काम अघि बढेको छ। 
एक दिनमै कोरोला नाका [फाेटाेफिचर]

काठमाडौं, मंसिर २ : कोरोना संक्रमण सुरु भएसँगै बन्द भएको नेपाल–चीन जोड्ने कोरोला नाका साता अघि मात्र खुलेको छ। जसले गर्दा मुस्ताङ्गका बासिन्दाले फाइदा लिन सुरु भइसकेको छ। तर अब भने सम्भवतः आगामी दुई वर्षभित्रै भारतको सोनौली नाकाबाट एक दिनमै चीन सीमाना कोरोला नाका पुग्न सकिनेछ। किनभने कालीगण्डकी कोरिडोर राजमार्गको अधिकांश खण्ड कालोपत्र भइसकेको छ भने बाँकी भागमा पनि धमाधम काम अघि बढेको छ। 

IMG_5594-1700293638.jpg

चीन–नेपाल सीमाना कोरोला नाकादेखि सुरु भएर महेन्द्र राजमार्गको पूर्व नवलपरासीको गैंडाकोटसम्म जोडने गरी कालीगण्डकी कोरिडोर आयोजना सम्पन्न हुने क्रममा छ। २०६४ सालमा ४ सय ४७ किलोमिटर दुरीको कालीगण्डकी करिडोर निर्माण सुरु भएको आयोजनाले जनाएको छ। करिडोरको सिद्धार्थ राजमार्ग राम्दीबाट १७ किलोमिटर टाढाको रानीमहल खण्डबाहेक सबै खण्डमा स्तरोन्न्नतीको ठेक्का लागिसकेको गैडाकोट–राम्दी–मालढुंगा आयोजना कार्यालय बर्तुङ्गका प्रमुख शंकर पौडेलले जाननकारी दिएका छन्। 

Hardik ivf

IMG_5559-1700293636.jpg

कालीगण्डकी कोरिडोर राष्ट्रिय गौरवका आयोजनामध्येको एक हो। २०६४ सालमा सुरु भएका उत्तर–दक्षिण कालीगण्डकी कोरिडोर राजमार्ग आयोजना ५ वर्षमा बनाईसक्ने लक्ष्य थियो। कालीगण्डकी कोरिडोरको गैंडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) आयोजना खण्डको दुई सय ४५ किलोमिटरका लागि पाल्पामा आयोजना कार्यालय रहेको छ। यहाँबाट बाग्लुङ्ग, गुल्मी, पाल्पा र पूर्व नवलपरासी क्षेत्रको कामको अनुगमन हुन्छ। 

IMG_5557-1700293636.jpg

बेनी–जोमसोम–कोरला (उत्तर) खण्डको दुई सय दुई किलोमिटर खण्डका लागि मुस्ताङको जोमसोम कार्यालयबाट काम भइरहेको मालढुंगा–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिएका छन्। कागबेनी–कोरोला १ सय २ किलोमिटर बाहेक अन्यत्रको कालोपत्रका लागि ठेक्का भइसकेको छ। माथिल्लो खण्डअन्तर्गत बाग्लुङ र पर्वतको सीमाना मालढुंगादेखि कोरला नाकासम्म (बेनी–जोमसोम–कोरोला) २ सय २ किलोमिटर छ। तल्लो खण्ड मालढुंगादेखि पुर्वी नवलपुरको गैंडाकोटसम्म (गैडाकोट–राम्दी–मालढुंगा) २ सय ४५ किलोमिटर छ।

IMG_5548-1700293633.jpg

कालीगण्डकी कोरिडोरको पूर्व नवलपरासीमा ८७ किमी पाल्पामा ७८ किमी, गुल्मीमा ४२ किमी र बाग्लुङमा ३८ किमी, पर्वतमा १३ किमी, म्याग्दीमा ४२ किमी र मुस्ताङमा १४७ किमी पर्ने आयोजना कार्यालयले जनाएका छन्। पूर्व नवलपरासीको गैंडाकोटबाट सुरु भएर पाल्पा, गुल्मी, बाग्लुङ, म्याग्दी हुँदै मुस्ताङ चीन नाका कोरलासम्मका बासिन्दाले यो सडकबाट लाभ लिनेछन्।  चीन र भारत जोड्ने सबैभन्दा छोटो दुरीको सडक भएकाले यस भेगका बासिन्दामा खुसीयाली छाएको छ। 

DJI_0425-1700293633.jpg

पूर्व नवलपरासीको गैंडाकोट–राम्दी–मालढुंगा सडक खण्डको २ सय ४५ किमी मध्ये पाल्पा र पूर्व नवलपरासी खण्डको पिपलडाँडा–रामपुर–गैडाकोट १३१.७ किलोमिटर सडक कालोपत्र भइसकेको छ। यस सडकमा पर्ने ५० पुल मध्ये २७ वटा मात्रै निर्माण भएको छ। १० वटा निर्माणको चरणमा छ। सडक विभागका अनुसार १०२ किमी कागबेनी–कोरोला खण्डका लागि भौतिकबाट अर्थसंग बजेट माग गरेपनि स्वीकृत नभएको आयोजना प्रमुख प्रजापतिले बताए। कालीगण्डकी कोरिडोर सडकको  वरपरका १० लाख ३० हजार ग्रामीण जनतालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास आयोजनाको छ 

DJI_0414-1700293630.jpg

यस क्षेत्रमा पाईने जडिवुटीदेखि कालीगण्डकी वगरमा पाईने शालीग्रामसम्मको व्यापारमा यो राजमार्गले टेवा पुर्याउन सक्ने देखिन्छ। कालीगण्डकी करिडोरले हिमाल, पहाड हुँदै तराई जोडेकामा स्थानीय बासिन्दा औधी खुसी छिन्। पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीका कृष्ण प्रसाद रेग्मीका अनुसार गाईवस्तुलाई कुडो पकाएर खुवाउने बन्दा, आलु, गोभी, साग अहिले रामपुर हुँदै नारायणगढका बजारमा पठाउन सक्ने भएका छन्। ‘कोरिडोरले कालीगण्डकी बेँसीमा उत्पादन भएका अन्न, फलफुल, तरकारी तराईको बजारमा लैजानलाई नै सहज बनाएको छ,’ उनले भने, ‘कालीगण्डकी बेँसी, खोँच, उपत्यकालाई तराई मात्र नभएर भारत र चीन जोडेकाले पनि सबैलाई खुसी तुल्याएको छ।’

DJI_0419-1700293630.jpg

यसले कालीगण्डकी करिडोर क्षेत्रका मात्र नभएर बीचबीचमा जोडिने राजमार्गले गर्दा पनि धेरैलाई दुरी छोटिनेछ,। पूर्वको चितवन नजिक, पश्चिममा सोनौली नाकाबाट सिद्धार्थ राजमार्ग भएर आउनेलाई पनि मुस्ताङ पुग्न दुरी छोटिनेछ। कालीगण्डकी करिडोरमा निर्माण गरिएको सडक परापूर्वकालदेखि चलनमा रहेको बाटो हो। तिब्बत–लोमान्थाङ–मुक्तिनाथ–बेनी–रिडी हुँदै लुम्बिनीसम्म जाने रेशम मार्गको खण्ड यही सडकअन्तर्गत पर्छ।

IMG_5607-1700293627.jpg

IMG_5604-1700293627.jpg

IMG_5588-1700293623.jpg

IMG_5596-1700293623.jpg

IMG_5580-1700293580.jpg

IMG_5586-1700293580.jpg

IMG_0628-1700293577.jpg

IMG_5541-1700293577.jpg

IMG_5572-1700293577.jpg

IMG_5574-1700293577.jpg

प्रकाशित मिति: १३:४३ बजे, शनिबार, मंसिर २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्