Kathmandu Press

उपाध्याय, थापा र पाण्डेलाई त्रिमूर्ति पुरस्कार

निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंका अध्यक्षतामा आज बसेको बैठकले  माधवप्रसाद घिमिरेकृत ‘मालती मङ्गले’ नाटकमा मङ्गलेको भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा अभिनय गर्ने हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। 
उपाध्याय, थापा र पाण्डेलाई त्रिमूर्ति पुरस्कार

काठमाडौँ, मंसिर १ : त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषासाहित्यका श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्द कविताको रचना एवं प्रचार अभियानमा योगदान गर्ने प्रा. मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
    
निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंका अध्यक्षतामा आज बसेको बैठकले  माधवप्रसाद घिमिरेकृत ‘मालती मङ्गले’ नाटकमा मङ्गलेको भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा अभिनय गर्ने हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। 
    
त्यसैगरी नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि छ दशकअघिदेखि काव्यसाधनामा समर्पित रहँदै नेपाली कविताको संवर्धनमा योगदान गर्नाका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याउने विराटनगर निवासी जय पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए।  ताम्रपत्रका साथै तीनै पुरस्कारका राशि जनही रु एक लाख रहेको जनाइएको छ।

प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्