Kathmandu Press

इफाप्काको अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि काठमाडौंमा

नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टनरिङ इन सस्टेनेबल इन्फास्ट्रक्चर भन्ने नाराका साथ इफाप्काको ४६औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ देखि ९ गते सम्म काठमाडौंमा हुने जनकारी दिएको हो।
इफाप्काको अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि काठमाडौंमा

काठमाडौँ, मंसिर १ : निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संगठन इन्टरनेसनल फेडेरेसन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स (इफाप्का) को अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ।

नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टनरिङ इन सस्टेनेबल इन्फास्ट्रक्चर भन्ने नाराका साथ इफाप्काको ४६औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ देखि ९ गते सम्म काठमाडौंमा हुने जनकारी दिएको हो।

सम्मेलनको औपचारिक उद्घाटन मंसिर ६ गते राष्ट्रपतिले गर्ने र मंसिर ७ गते इफाप्का फोरमको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने महासंघले जनाएको छ।

सम्मेलनमा स्वदेशका १ सय २८ र विदेशका २ सय ४२ गरि ४ सय प्रतिनिधिहरु सहभागी हुने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए। महासंघ अध्यक्ष सिंहले निर्माण क्षेत्रमा बिभिन्न देशमा भइरहेका अनुभव आदान प्रदान गर्ने, प्रविधिहरुका बिषयमा छलफल हुने जानकारी दिए। 

सम्मेलन अन्तर्गत फाइनान्स कमिटी मिटिङ, बोर्ड मिटिङ,  गल्फ कार्यक्रम लगाएत हुने र नयाँ कार्यसमिति चयन हुने महासंघले जनाएको छ।

प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्