Kathmandu Press

भैँसीसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो।
भैँसीसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

झापा, कात्तिक ३० : झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ। एकजना घाइते भएका छन्।

झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो।

Hardik ivf

उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ। तीव्रगतिको मोटरसाइकल अनियन्त्रित ह'Fदा भैँसीसँग ठोक्किन पुगेको थियो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १२:१३ बजे, बिहीबार, कात्तिक ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्