कोहलीले तोडे सचिनको रेकर्ड
विश्वकपको सेमिफाइलनमा बुधबार न्युजिल्यान्डविरुद्ध शतक बनाउँदै कोहलीले सचिनको नाममा रहेको ४९ शतकको कीर्तिमान भंग गरे।
काठमाडाैं, कात्तिक २९ : भारतीय पूर्वकप्तान विराट कोहलीले सचिन तेन्दुलकरको नाममा रहेको एक दिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने कीर्तिमान भंग गरेका छन्।
घरेलु मैदानमा जारी एकदिवसीय विश्वकपको सेमिफाइलनमा बुधबार न्युजिल्यान्डविरुद्ध शतक बनाउँदै कोहलीले सचिनको नाममा रहेको ४९ शतकको कीर्तिमान भंग गरे।
तेन्दुलकरले ४५१ औं एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ शतक बनाएका थिए भने कोहलीले केवल २९१ खेलमा ५० शतक प्रहार गरे। न्युजिल्याण्डविरुद्ध कोहलीले ११३ बलमा ९ चौका र २ छक्काको मद्दतमा ११७ रन बनाए।
योसँगै कोहली जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। उनले १० खेलमा २ शतकसहित कुल ७११ रन बनाएका छन्।
प्रकाशित मिति: १९:४६ बजे, बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












