Kathmandu Press

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड १४३८ मेगावाट रेकर्ड भएको जनाएको छ।
लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग

काठमाडौं, कात्तिक २७ : यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देश भित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १ हजार ४ सय ३८ मेगावाट रेकर्ड गरिएको छ।

देशको मागलाई पूरा गरी नेपाल विद्युत प्राधिकरणले हिजो भारततर्फ पाँच सय बढी मेगावाट विद्युत निर्यात गरेको छ। 

Hardik ivf

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड १४३८ मेगावाट रेकर्ड भएको जनाएको छ। उक्त समयमा देशभित्रको विद्युतको मागलाई पूरा गरी प्राधिकरणले हिजो बचत भएको ५ सय १७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात पनि गरिएको प्राधिकरणले जनाएको छ।

गत वर्षको तुलनामा यो पटक लक्ष्मी  पूजाको साँझ १३३ मेगावाटले विद्युतको माग बढेको प्राधिकरणले जनाएको हो। गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १ हजार ३ सय ०५ मेगावाट थियो।

लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १९५५ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो।
 

प्रकाशित मिति: ०८:०६ बजे, सोमबार, कात्तिक २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्