Kathmandu Press

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

काठमाडौँ, कात्तिक २६ : गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ।

कम्पनीले पीडितहरुका लागि रू ३५ लाख ६८ हजार एक सय ५० बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको विज्ञप्तिमार्फत जनाएको छ।
    
कम्पनीका कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई थप सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो।

प्रकाशित मिति: १५:४४ बजे, आइतबार, कात्तिक २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्