Kathmandu Press

साताको पहिलो दिन एक हजार रुपैयाँले घट्यो सुनको भाउ 

साताको पहिलो दिन एक हजार रुपैयाँले घट्यो सुनको भाउ 

काठमाडौं, कात्तिक २६ : सातमको पहिलो दिन आइतबार एकैदिन सुनको मुल्य एक हजार रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रूपैयाँ कायम भएको छ।

शुक्रबार एक लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख १३ हजार १५० रूपैयाँमा निर्धारण गरिएको छ।

आज तोलामा २० रूपैयाँले घटेको चाँदी प्रतितोला एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ।
 

प्रकाशित मिति: ११:५६ बजे, आइतबार, कात्तिक २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्