Kathmandu Press

भूकम्प प्रभावितलाई राहतमा ढिलाइ भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्छ : झलनाथ खनाल

भूकम्प प्रभावितलाई राहतमा ढिलाइ भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्छ : झलनाथ खनाल

काठमाडौं, कात्तिक २५ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाइ भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

समाजवादी प्रेस संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा खनालले भूकम्पीडितलाई समयमा नै राहत उपलव्ध हुन नसकेको गुनासो आएको भन्दै राहत र पुनस्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने बताएका हुन्।

उनले भविष्यमा हुने विपद्बाट हुन सक्ने क्षतिको न्यूनिकरण गर्न सरकारले समयमा नै आवश्यक पूर्वतयारी गर्नुपर्ने धारणा राखे। त्यस्तै खनालले राजतन्त्रको मुद्धा थोत्रो भइसकेको भन्दै यसको कुनै अर्थ नहुने जिकिर गरे। जनताले फ्याकेका एजेण्डाहरु ताजा बन्न नसक्ने भन्दै उहाले तीनै एजेण्डाका आधारमा आन्दोलन गर्न खोज्नुले भने गम्भीर प्रश्न उठाएको बताउए।

उनले अहिले देशलाई हाक्नले शक्तिहरुले मुलुकको ज्वलन्त समस्याहरु समाधानका लागि गम्भीर हुनुपर्ने बताए।

प्रकाशित मिति: १६:५० बजे, शनिबार, कात्तिक २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्