लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीमाथि प्रश्न उठाउने दुस्साहस भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, कात्तिक २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीमाथि प्रश्न उठाउने दुश्साहस भइरहेको बताएका छन्।
नेवाः अभियान्ता, मानवअधिकारवादी, साहित्यकार पद्मरत्न तुलाधरको पाँचौ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लामो संघर्ष र बलिदानबाट प्राप्त संघीयता गणतन्त्र लगाएतका परिवर्तनमाथि प्रश्न उठाउने दुश्साहस भइरहेको भन्दै नयाँ पुस्तालाई बलिदानका बारेमा बुझाउनु आवश्यक रहेको बताएका हुन्।
उनले मुलुकको परिवर्तनका लागि संघर्ष गर्नुहुने पद्मरत्नको योगदान उहाँको स्मृति दिवसका सन्दर्भमा झनै आवश्यक बनेर गएको पनि बताए।
जनयुद्धका समयमा रोल्पामा गएको स्मरण गर्दै पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना दुबैले जनयुद्धलाई राजनैतिक आन्दोलनको रुपमा व्याख्या गर्नुभएको उहाले बताए।
उनले पद्यरत्न तुलाधरकै कारण नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएको भन्दै अव राष्ट्रिय संवत नेपाल सरकारको दस्ताबेजमा लेखिने धारणा राखे।
प्रधानमन्त्री प्रचण्डले भूमिगतरुपमा अन्य दलहरुसँग सहमति र शान्तिको वातावरण बनाउन तुलाधरको भूमिका रहेको उल्लेख गर्दै सांस्कृतिक र भाषिक सम्मान आन्दोलन तथा जातीय पहिचान र वर्गीय उन्मुक्तिका निम्ति निरन्तर आवाज उठाउनुभएको बताए।











