Kathmandu Press

आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा राम्रा काम गरेको प्रधानमन्त्री दाहालकाे दाबी

शनिबार कीर्तिपुरमा आयोजित कीतिपुरका जनतासंग प्रधानमन्त्री प्रचण्ड साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफु कतिदिन प्रधानमन्त्री हुन्छु भन्ने कुरा मुख्य नभएको भन्दै आफुले तेश्रो पटक सरकारको नेतृत्व सम्हालेपछि देश र जनताको पक्षमा राम्रा काम गरेको दाबी गरेका हुन्।
आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा राम्रा काम गरेको प्रधानमन्त्री दाहालकाे दाबी

काठमाडौँ, कात्तिक २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा राम्रा काम गरेको दाबी गरेका छन्।

शनिबार कीर्तिपुरमा आयोजित कीतिपुरका जनतासंग प्रधानमन्त्री प्रचण्ड साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफु कतिदिन प्रधानमन्त्री हुन्छु भन्ने कुरा मुख्य नभएको भन्दै आफुले तेश्रो पटक सरकारको नेतृत्व सम्हालेपछि देश र जनताको पक्षमा राम्रा काम गरेको दाबी गरेका हुन्।

सामाजिक न्याय सुशासन र समृद्धिको नाराका साथ सरकार अघि बढि रहेको र केही महत्वपूर्ण पहलहरु गरिरहेको उनको भनाइ छ। सरकारबाट नयाँ किसिमले काम नगरे संविधान नै धरापमा पर्ने अवस्थामा रहेको उहाले बताए।

प्रधानमन्त्री प्रचण्डले आवश्यकता र वाध्यताका कारण पार्टी तेश्रो पटक सरकारको नेतृत्वमा आएको र अव काम गर्ने अठोटका साथ आफु अघि बढेको जिकिर गरे। माओवादी अध्यक्ष समेत रहनुभएका प्रचण्डले २०६४ मा फर्किन नसकेपनि २०८४ को निर्वाचनमा ६४ जस्तै जनताको विश्वास लिने चूनौति रहेको धारणा राखे।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा केही सुधार भएको र बाँकी रहेका समस्या समाधानका लागि तिहारपछि सम्मेलनको आयोजना गरिने जानकारी पनि दिए। 

प्रकाशित मिति: १६:१९ बजे, शनिबार, कात्तिक २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्